शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो टिभिएस रोनिन ’मोडर्न–रेट्रो’

सोमबार, पुष २ २०८०

काठमाडौं- टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ ३ अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ ।

यसै अवसरमा ८ स्थानीय ब्लगर÷ ईन्फ्लुएन्सर÷ सोसेल मेडिया कन्टेन्ट क्रिएटरहरूले टिभिएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठ दिने यस सवारी काठमाडौंबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत पहाड, हिमाल र तराईको विभिन्न भू–भागमा करिब १ हजार ३ सय किलोमिटरको दुरी पार गरी काठमाडौंमा समापन भएको थियो ।

टिभिएस रोनिन, नयाँ–युगका राइडरबाट प्रेरित जीवनशैलीको बयान हो । टिभिएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्न सकिन्छ । २२५ सीसी को यस मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ पिएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी), र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

टिभिएस रोनिनले टचपोइन्टहरूको कुरामा आफ्ना ग्राहकहरू र उनीहरूका प्रमुख सम्बन्धहरूलाई राम्रो संग बुझेको छ । यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा संचालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्दछ ।
लन्चको बारे बोल्दै प्रिमियम, टिभिएस मोटर कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भने, “टिभिएस रोनिन ३अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरुका लागि डिजाइन गरिएको हो । आज टिभिएस रोनिन काठमाडौंमा लन्च गर्न पाउँदा हामी निक्कै हर्षित छौं र यसले नेपालका धेरै युवा राइडरलाई यो आधुनिक रेट्रो मोटरसाइकलको सहज सवार प्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौं । अन्तर्राष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने धेरै वर्षको प्रतिबद्धताका साथ, टिभिएस मोटरले विश्वभरका दुई र तीन पाङ्ग्रे सवारीका चालकहरूको विविध आवश्यकताहरू पूरा गर्न बेन्चमार्क सेट गरेको छ । नेपालमा टिभिएस रोनिनको लन्च गर्नु हाम्रो विश्वव्यापी ग्राहकलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्ने दिशातर्फ अर्को एउटा कदम हो ।“

त्यस्तै गरि लन्चको बारेमा टिप्पणी गर्दै, पीटी टिभिएस मोटर कम्पनीका अध्यक्ष निर्देशक, जे थङ्गराजन ले भने, “नयाँ टिभिएस रोनिनको लन्च नेपालमा टिभिएस मोटरका लागि महत्त्वपूर्ण माइलस्टोन हो । यो मोटरसाइकलको साथ नेपाली बजारमा हामीले बाइकिङ समुदायलाई टिभिएस रोनिनको विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं । यो मोटरसाइकलको लन्चले हाम्रो उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई जनाउँछ ।“

टिभीएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “टिभिएस रोनिन एउटा मोटरसाइकल मात्र नभई एक जीवनशैली हो । हामीलाई विश्वास छ कि यसलेको डिजाइन र आधुनिक प्रविधिको अद्वितीय मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनि गर्नेछ। टिभिएस रोनिनको यो लन्च हाम्रा ग्राहकहरूलाई नवीन र रोमाञ्चक उत्पादनहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो ।“

टिभीएस रोनिन नेपाली बजारमा टिडी संस्करण (ट्रिपल टोन डुअल च्यानल एबिएस) मा उपलब्ध हुनेछ । यो पौष २०८० देखि देशभरका टिभीएस मोटर आउटलेटहरूमा रु. ४,४९,९०० मा उपलब्ध हुनेछ ।

टिभिएस मोटर कम्पनी बारे
टिभिएस मोटर कम्पनी विश्वव्यापी रूपमा एक प्रतिष्ठित दुई र तीन पाङ्ग्रे सवारी उत्पादक कम्पनी हो, जसले भारतको होसुर, मैसुरु र नालागढ र इन्डोनेसियाको कारवाङमा चारवटा अत्याधुनिक उत्पादन सुविधाहरूसहितको सस्टेनेबल मोबिलिटीमा प्रगति हासिल गरेको छ । विश्वास, मूल्य, र ग्राहकको भरोसा जित्न सफल हामी उच्च गुणस्तरको अन्तर्राष्ट्रिय स्थरका उत्पादनहरू बनाउने कुरामा गर्व गर्छौं । हामी प्रतिष्ठित डेमिङ पुरस्कार प्राप्त गर्ने एक मात्र दुई पाङ्ग्रे सवारी कम्पनी हौं ।

जगदम्बा मोटर्स बारे
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको सेप्टेम्बर २०१५ देखि एकमात्रआधिकारिक वितरक हो । कम्पनी शंकर समूहद्वारा संचालित छ । शंकर समूह सन् १९७९मा स्थापना भएको हो, जसको पछिका वर्षहरूमा व्यवसायीक पक्षमा प्रारम्भिक प्रवेश बढ्दै गएको थियो ।

शंकर समूहले अटोमोटिभ, स्टिल, सिमेन्ट, इन्जिनियरिङ्, इलेक्ट्रोनिक्स, लगानी, आभूषण, सामग्री, खानी, प्याकेजिङ्ग, घरजग्गा, सिन्थेटिक्स, टेक्सटाइल, ट्राभल एण्ड हस्पिटालिटी र ट्रेडिङका विभिन्न व्यवसायिक क्षेत्रहरूमा सञ्चालन गर्ने कम्पनीहरू समावेश गरेको छ। यस मध्य टिभिएस ब्रान्ड नेपालमा दुई पाङ्ग्रे सवारी साधनको ब्रान्डमा पूर्णस्थापित छ । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ ।

जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी थ्रि एस डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको । जनतामाझ रेडार, एनटोर्क र अपाचे क्लासिक मोडेल लोकप्रिय छ ।