काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेको छ ।
महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको हो।
आज छापावाल सुन तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज स्थिर रहेर तोलामा २ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।