काठमाडौं । केहीदिन देखि निरन्तर उकालो लागेको सुनको भाउ मङ्गलबार भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार चार सयले घटेको छ ।
आज छापावाल सुनमा दुई हजार चार सय रुपियाँ घटेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको थियो । सोमबार सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । तेजावी सुनको मूल्य तोलामा दुई हजार ३५० रुपियाँ घटेको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपियाँले घटेको छ । मङ्गलबार चाँदी प्रतितोला १५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ५४५ रुपियाँमा कारोबार भएको थियो ।