शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

यसकारण कुटाइ खाएका रहेछन् मन्त्री यादवका पिएले

शुक्रबार, भाद्र २९ २०७५

२९ भदौ, काठमाडौं–मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरबारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीका स्वकीय सचिवले कुटाइ खाएका छन् ।

लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले नै कुटपिट गरेको समाचार छ ।

लामो समय कुर्दा पनि मन्त्रीलाई भेट्ने पालो नआएपछि स्वकीय सचिव विष्टलाई दबाब गरियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त रहेको भन्दै ती कार्यकर्तालाई अलमल्याउन खोजेकाले आक्रोशमा उनीहरूले कुटेको भनाइ छ ।

यसमा दोषी को हो, स्वकीय सचिव वा कुट्ने व्यक्तिहरू ? मन्त्रालयको कुरा मात्रै होइन, अन्य कार्यालयमा पनि यस्ता घटना हुने गरेका छन् । यस्ता घटनाका दोषीमाथि कारबाही हुन सकेन भने फेरि अरुहरूले पनि कुटाइ नखालान् भन्न सकिन्न ।