शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुनको भाउमा नयाँ रेकर्ड

मंगलबार, मंसिर १२ २०८०

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएर नयाँ रेकर्ड कायम गरेको छ ।

आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । आइतबार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।