बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गाजामा जारी युद्धविराम दुई दिन थप

मंगलबार, मंसिर १२ २०८०

एजेन्सी । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ ।

इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मङ्गलबार सकिँदै थियो ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स (ट्वीटर) मा भन्नुभएको छ, “जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ ।”

यसैबीच, युद्धविरामको एक पक्ष हमासले केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ ।

युद्ध विराम लागू भएपछि हमास र इजरायलले बन्दीहरूलाई रिहा गरेका छन् । हालसम्म हमासले आफ्नो कब्जामा रहेका इजरायली र अन्य देशका नागरिक गरी ५८ जनालाई मुक्त गरेको छ ।

त्यसको बदलामा इजरायलले पनि प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरेको छ ।