बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज नेपाल र यमन बिच प्रतिस्पर्धा हुँदै

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । आज नेपाल र यमनका बिचमा फुटबल प्रतिस्पर्धा हुँदैछ ।

फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सो खेल साँझ ७ बजे देखी दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ ।

प्रायः खेल दिउँसो २ बजे वा साँझ ५ बजे हुने भनिए पनि आजको खेल भने साँझ ७ बजे राखिएको हो ।

सबै दर्शकले हेर्न सकुन भनेर साँझ ७ बजे खेल सुरु गर्न लागिएको टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले जानकारी दिएका छन् ।