काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।
अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ ।
सरकारले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमाथि प्रतिवन्ध लगाइनु संविधानविपरीत रहेको भन्दै उनले रिट दायर गर्न लागेका हुन् ।
२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो।
रिटको पूर्णपाठ-