बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चीनमा कोइलाखानी भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु

बिहिबार, कार्तिक ३० २०८०

बेइजिङ  । चीनमा आगलागीमा परी हालसम्म ११ जनाको मृत्यु भएको छ ।

चीनको लुलियाङ प्रान्तको शान्सी प्रान्तमा रहेको एक कोइला कम्पनीको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो  ।

यो घटना स्थानिय समय अनुसार बिहान करिब ७ बजेको हो।

उक्त घटनापछि हालसम्म भवनबाट ६३ जनालाई बाहिर निकालिएको छ, जसमध्ये ५१ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

घटनास्थल नजिकै उद्धार कार्य जारी छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।