काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।
मंगलवार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने बताए । उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको पनि बताए ।
मेयर साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत प्रयोग गरिरहेको समेत बताए ।