आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोशीमा मिल्यो भागबण्डा

शनिबार, कार्तिक २५ २०८०

काठमाडौँ – कोशी प्रदेशमा रहेका सत्तारुढ दलहरुबीचमा राजनीतिक नियुक्ति बाँडफाँडमा सहमति भएको छ । तिहार अगाडि नियुक्ति नभए पनि दलहरुबीचमा राजनीतिक नियुक्तिका बिषयमा सहमति जुटेको हो ।

कोशी प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्री सहित ४ मन्त्री पाउने गरिको प्रारम्भिक छलफल भएको छ । माओवादीले ३, नेकपा एसले १ र जसपाले १ मन्त्री पाउने गरिको छलफल भएको हो । तर जसपा कोशी प्रदेश समितिले भने तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले निर्णय गरेपनि प्रदेश सभा सदस्य निर्मला सुव्बा भने सरकारमा जान इच्छुक छन् । छलफलमा जसपा पनि सरकारमा सहभागी हुने समझदारी बनेको छ ।

कोशी प्रदेशमा अहिले मुख्यमन्त्रीसहित काङ्ग्रेसबाट सम्शेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र एकिकृत समाजवादीबाट कमलप्रसाद जवेगु मन्त्री नियुक्त भएका छन् । दलहरुका बीचमा सहमति नजुट्दा उनीहरुले समेत मन्त्रालयको जिम्वेवारी पाएका छैनन् । उनीहरुको जिम्मेवारी पनि छठ पछाडि मात्रै तोकिने छ ।