आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, सनिल राजदूत सिफारिस

बिहिबार, कार्तिक २३ २०८०

काठमाडौँ । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेका हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।