शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

मृत अवस्थामा फेला

बुधबार, कार्तिक २२ २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा रौतहट चन्द्रपुर नगरपालिका–२ वेताउना घर भई हाल काठमाडौं थापाथली बस्ने ३५ वर्षीय नारायण राम मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका–२ रामनगर टोल बस्ने ४१ वर्षीय रामभागीरथ थारू सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छ्न् । जङ्गली जनावरको लागि थापेको विद्युतीय धरापमा परी करेन्ट लागि मृत्यु भएको भन्ने बुझिएको छ । प्रहरीले सोधपुछको लागि सोही ठाउँ बस्ने १ जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।