काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका छन् ।
कांग्रेसले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।
जाजरकोट भूकम्पपछि पार्टीले निर्णय गरेअनुसार आज सभापति शेरबहादुर देउवाले ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे ।
गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाली कांग्रेसले नगद सहयोग गरेको हो ।