आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्वएआईजी चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति

सोमबार, कार्तिक २० २०८०

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ ।

उनीहरुले कागजनै गरेर बिबाह गर्ने सहमति गरेका हुन् ।

उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् ।

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।

तर, अहिले यो विषयमा उनीहरु दुवैबीच आपसमै आरोप प्रत्यारोप सुरु भएको छ ।

सहमतिपत्र सार्वजनिक भएको २४ घण्टा नबित्दै पूर्वएआइजी चन्दले फेसबुकमा स्टाटस लेखेर खण्डन गरेको थिए ।

सहमतिपत्र सार्वजनिक भएपछि तारा बरालले मिडियामा यसको स्वीकारोक्ति गरेकी छन् । तर, चन्दले भने खण्डन गरेका छन् । चन्दले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै त्यसको खण्डन गरेका हुन् ।