आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भूकम्पपीडितको उद्धार र राहतका लागि नेकपा एमालेले सरकारलाई एक करोड उपलब्ध गराउने

आइतबार, कार्तिक १९ २०८०

काठमाडौं । नेकपा एमालेले भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारलाई एक करोड रुपैयाँ लाख उपलब्ध गराउने भएको छ।

जाजरकोट र रुकुम-पश्चिम जिल्लामा पीडितहरूको उद्धार र राहतका लागि सरकारलाई एक करोड रुपैयाँ लाख उपलब्ध गराउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट दुई जिल्लामा ठूलो धनजनको क्षति भएको छ।

साथै ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताएका थिए ।

अध्यक्ष ओलीले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवं राहत सामग्री वितरणमा आफ्नो ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।

एमालेले आफ्नो पार्टी पंक्ति प्रभावित क्षेत्रमा खटाइसकेको पनि जनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान पार्टीपंति सबैलाई उद्धारमा खटिन अनुरोधसमेत गरेका थिए।

नेपाली कांग्रेसले पनि भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारलाई ५० लाख उपलब्ध गराउने जनाएको छ।

भूकम्पबाट १५७ जनाको मृत्यु भइसकेको छ भने २ सयभन्दा बढी घाइते भएका छन्।