धनगढी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा २ बालबालिका सहित ४ जनाको मृत्यु भएको छ।
गत राति ३ बजे केआई सिंह राजमार्गअन्तर्गत डोटीको शिखर नगरपालिका ६ अण्यौलमा धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो दुर्घटना हुदाँ २ बालबालिका सहित ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा बाजुराको हिमालि गाउँपालिका ५ कि २२ बर्षिय राधिका मलाल, ३२ बर्षिय धनशोभा बुढा धनशोभाका ६ बर्षिय छोरा कबिन्द्र बुढा र सोही ठाउँबस्ने बिमला मलालकी ८ बर्षिय छोरी प्राथाना मलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
यस्तै दुर्घटनामा परि ५ जना घाइते भएका छन्। घाइते मध्ये २१ बर्षिय बिमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा हिमाली गाउँपालिका ५ कै ३० बर्षका प्रकाश थापा,२३ बर्षिय खोम मलाल,२४ बर्षिय दान बुढा र २१ बर्षिय राजु मलाल रहेका छन् । घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
बोलेरोको एक्कासी अनियन्त्रित भई दुर्घटना भएको हो ।