काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको हेलिकोप्टरबाट ७ जना घाइतेलाइ सुर्खेत ल्याइएको छ ।
गएरासति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प परी घाइते भएका मध्ये ७ जनालाई सुर्खेत ल्याइएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालका अनुसार उनीहरूलाई जाजरकोटबाट सुर्खेत ल्याइएको हो । उनीहरूको सुर्खेतमा उपचार जारी रहनेछ ।
भुकम्प गए पछि एकाबिहानै प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको उपचार तथा पीडितहरूको व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् ।