काठमाडौं । काभ्रेको पाँचखालमा भएको आगलागीमा नौ वटा पसल जलेर नष्ट भएका छन् ।
पाँचखाल नगरपालिका चारस्थित समाज कल्याणचोकमा रहेको उद्धवप्रसाद तिमल्सिनाको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा नौ वटा पसल जलेर नष्ट भएका हुन् ।
आगलागीबाट तिमल्सिनाको घरको सटरमा सञ्चालित ९ वटा पसलमध्ये ४ वटा कपडा पसलमा पूर्ण क्षति, ३ वटा होटल, १ वटा मोबाइल पसल र १ वटा मासु पसलमा आंशिक क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान सवा छ बजे शुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीय र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो ।