काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्याएको क्षतिबारे जानकारी लिन अहिले केही बेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल जान लागेका छन् ।
खोज, उद्वार तथा उपचार ब्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम पनि अहिले स्थलगत जादै गरेको उनको सचिवालयले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुस्ख व्यक्त गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले घाइतेहरूको उद्धार र राहतका लागि निर्देशन दिएका हुन् ।