आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, कार्तिक १७ २०८०

काठमाडौँ – लालबन्दि नगरपालिका–१७ कालिन्जोरस्थित सडकमा बिग्रिएर रोकी राखेको बीआर ०६ जीडी ३१४१ नम्बरको ट्रकमा प्रदेश २–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटसाइकल चालक हरिवन नगरपालिका–११ बस्ने २८ वर्षीय मुकेश कुमार गुप्ता र मोटरसाइकलमा सवार सुनिल कुमार गुप्ता रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मुकेश कुमारको प्रादेशिक अस्पताल मलंगवामा र सुनिल कुमारको जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।