आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बिहिबार, कार्तिक १६ २०८०

काठमाडौँ –  गाउँपालिका–१ घोरडीस्थित सकडमा सु.प.प्र.०१००२ त ६७२३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कैलाली गौरीगंगा नगरपलिका–७ मटकोना बस्ने १८ वर्षीय शलिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १९ जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।