काठमाडौं- बाँकेको डुडुवा गाउँपालिका–१ टेपरीस्थित खेतमा गाडिएको अवस्थामा सोही गाउँपालिका–१ बस्ने श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको शव मंगलबार फेला परेको छ । ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले ट्याक्टर चालकलाई आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–९ पात्ले बस्ने ७२ वर्षीया हरिकला भुसाल आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ बासखर्कस्थित कुनाघारी कबुलियत जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ६२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।