आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कस्तो रहला आज दिनभरको मौसम ?

बुधबार, कार्तिक १५ २०८०

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।