बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इजरायल र युक्रेनलाई अमेरिकाले निरन्तर सहयोग गर्छः अमेरिकी राष्ट्रपति

शनिबार, कार्तिक ४ २०८०

सिन्ह्वा । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी जनतालाई इजरायल र युक्रेनलाई अमेरिकाले निरन्तर सहयोग गर्नुपर्ने बताएका छन्।

प्राइम टाइममा ह्वाइट हाउसको ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले हमाससँगको द्वन्द्वमा इजरायलको सफलता र रुससँगको द्वन्द्वमा युक्रेनको विजय सुनिश्चित गर्नु अमेरिकको राष्ट्रिय सुरक्षाको लागि महत्वपूर्ण भएको बताए ।

युक्रेन र इजरायललाई सहायोगका लागि अमेरिकाले रकम पठाउने पनि उनले बताए । बाइडेनले इजरायल भ्रमणपछिको भाषणमा यस्तो बताएका थिए । हमासबिरुद्धको लडाईं जारी राख्नका लागि अमेरिकाले इजरायललाई समर्थन गरेको छ ।