बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मनोहर र मन्जुको स्वरमा रहेको दशैँ गीत “आउछु घर दशैमा” सार्वजनिक

सोमबार, असोज २२ २०८०

काठमाण्डौँ – गायक  मनोहर भण्डारी र गायिका  मन्जु धितालको स्वरमा रहेको दशैँ गीत “आउछु घर दशैमा” सार्वजनिक भएको छ । गीत को शब्द तथा संगीत पनि गायक मनोहर भण्डारी कै रहेको छ ।

जय देवकोटाको  एरेन्ज रहेको दशैँ गीतमा छायाँकन तथा सम्पादन  प्रवेश पोखरेल को रहेको छ । मनोहर भण्डारी स्वयम आफु द्धारा निर्देशित गीतमा कलाकारहरु भुवन के पोखरेल र अनिशा पराजुली को अभिनय रहेको छ । गीतको एक्सन डाइरेक्टरमा  छवि भुषाल र रिकेश धिताल को भुमिका रहेको छ ।

यस दशैँ गीतको भिडियोमा  परदेशी पती र स्वदेशमा रहेकी पत्नी बिच दशैँ मनाउना घर फर्कने बारे चित्रण गरिएको छ ।

भिडियो लिंक