दुई वटा समुहले गुमाउँदा ११ वटा समुहले कमाए
काठमाडौं- नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार पाँच दशमलव १९ अंकले बढेर १९ सय ७६ दशमलव २९ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ६६ अंकले बढेर तीन सय ७८ दशमलव शुन्य छ अंकमा चढेको छ । दुई सय ८६ वटा कम्पनीहरुको ८५ हजार पाँच सय ९१ पटकको कारोबारमा ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता सेयर किनबेबच हुँदा कारोबार रकम एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २१ अंकले बढेर १२ सय ३९ दशमलव ८४ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ७९ अंकले बढेर २१ सय ३६ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि १० दशमलव ३३ अंकले बढेर १० हजार पाँच सय ५६ दशमलव ७५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ३० अंकले बढेर १० हजार तीन सय ६० दशमलव ५० अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संंस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक पहिलो स्थानमा परेको छ ।