शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राजीनामा दिएका सैनिकलाई सुविधा

शनिबार, असोज १३ २०८०

नेपाली सेनाले निवृत्तिभरण तथा उपदानमा राजीनामा स्वीकृत भएका पदिक, बिल्लादार तथा अन्यदर्जाका सैनिकहरूलाई प्रदान गरिने सेवासुविधालाई सहज र छिटोछरितो बनाउनका लागि विभिन्न निर्णय गरेको छ ।

कार्यरथी विभागले निवृत्तिभरण तथा उपदानमा राजीनामा स्वीकृत भएकाहरूलाई प्रदान गरिने सेवा–सुविधालाई सहज तथा छिटो सम्पादन गर्नका लागि परिशिष्ट ‘क’ अनुसार चरणबद्ध रुपमा कार्य सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।

विभागले त्यस्ता सैनिकहरूलाई अभिलेखालयमा सम्पर्क गर्न भनेको छ । अन्यथा आफूलाई पायक पर्ने सैनिक अभिलेखालयको शाखा कार्यालय इटहरी, पोखरा र नेपालगञ्जमा सम्पर्क राख्न सूचित गराइएको छ ।

त्यस्तै, सकलदर्जाका सैनिकलाई आर्थिक वर्ष २०७९–८० को सम्पत्ति विवरण भरेर एक प्रति सम्बन्धित युनिट र एक प्रति निवृत्तिभरणमा खाली हुँदा ल्याउनुपर्ने कागजातसहित अभिलेखालयमा पेश गर्न निर्देशन दिइएको छ । जनआस्थाबाट