शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

४ किलो सुनसहित दोलखाबाट ३ जना पक्राउ

बिहिबार, असोज ११ २०८०

काठमाडौं । दोलखाको सिंगटी बजारबाट ४ किलो सुन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुनसहित ३ जनालाई गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ।

बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चीन सरकारले गत साता मात्र खुलाएको थियो।

प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ ।