हान्झाउ चीन,। १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङ्गोलियासित खेल्दैछ ।
आजको खेलमा नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी बनाएका छन् । उनले ३४ बलमा शतक प्रहार गरे। टी–२० क्रिकेटमा उनको यो विश्व कीर्तिमान हो ।
चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।
यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए ।
मिलरले बनाएको कीर्तिमानपछि रोहित र सुदेशले बराबरी गरेका थिए।
मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध, रोहितले सोही वर्ष श्रीलंकाविरुद्ध र सुदेशले सन् २०१९ मा टर्कीविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए।