शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बढ्यो सुन र चाँदीको मूल्य, कति पुग्यो आज ?

सोमबार, असोज १ २०८०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १२ जहार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।