बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल टेलिकमद्धारा चाडपर्व अफर सार्वजनिक

आइतबार, भाद्र ३१ २०८०

काठमाडौं- नेपाल टेलिकमले चाडपर्व अफर सार्वजनिक गरेको छ । टेलिकमले यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको हो । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने छ । यो अफर भोलि (२०८० भाद्र ३१) देखि प्रारम्भ हुनेछ र आगामी असोज छ गतेसम्म उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

अफर अन्तर्गत ४९ रुपैंयाँमा एक दिन प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने एक सय मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी ९८ रुपैंयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने एक सय ९९ रुपैंयाँमा सात दिन सम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, दुई सय ९४ रुपैंयाँमा १० दिन सम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र तीन सय ९९ रुपैंयाँमा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत सात सय ८९ रुपैंयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन सम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार २०० देखि चार सय ९९ रुपैंयाँसम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन एक जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी पाँच सय रुपैंयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ । भाद्र ३१ देखि असोज ६ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।
क्।ल् एबअपबनभ च्भकयगचअभ ख्बष्मिष्तथ ९मबथक० त्बचषा ल्च्क। ९क्ष्लअ।ि या त्बह०

S.N Package Resource Validity (days) Tariff NRs. (Incl. of Tax)
1 1Mbps data unlimited +100 Min NT-NT Voice 1Mbps data unlimited +100 Min NT-NT Voice 1 49
2 6GB data 6GB 3 98
3 13GB Data 13GB 7 199
4 20GB Data 20GB 10 294
5 30GB Data 30GB 15 399
6. Festive Combo Pack (Rental Included for Postpaid) 30 GB Data

600 Min All net Voice

200 All net SMS

28 days for Prepaid and 30 days for Postpaid user 789

 

 

S.N Upon Recharge Of Rupees Bonus on Data Remarks
1 200-499 2GB (Per day 1 GB for 2days) Free Resource upon recharge shall be used first
2 500 and Above 8GB( Per day 2GB for 4 days)