शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ कारोबार ?

बिहिबार, भाद्र २१ २०८०

काठमाडौं । केही दिनदेखि नेपाली बजारमा सुनचाँदीको भाउ घट्दै गएको छ ।

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर एक लाख १३ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।