शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आजको विदेशी मुद्राको विनिमय दर थाहा पाउनुहोस्

बिहिबार, भाद्र २१ २०८०

काठमाडौं। नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ५३ पैसा र बिक्री दर १४३ रूपैयाँ १७ पैसामा खरिदबिक्री गरिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३३ पैसामा कारोबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८७  पैसा र बिक्रीदर ८५ रुपैयाँ २५ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ २ पैसा कायम भएको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८।४ रुपैयाँ रहेको छ भने बिक्री दर २८।५२ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०।२ पैसा  विक्रीदर ४३२।१५ पैसामा खरिदबिक्री हुनेछ ।