शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर पुरुषको मृत्यु 

सोमबार, भाद्र १८ २०८०

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।

वीर अस्पतालका डाइरेक्टर सन्तोष पौडेलका अनुसार सर्जिकल भवनको तलाबाट ति पुरुषले हाम फालेपछि मृत्यु भएको हो ।

सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् ।

काठमाडौं प्रहरी परिसर अनुसार मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।