शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पञ्चकन्या ग्रुपद्वारा रक्तदान

सोमबार, भाद्र ११ २०८०

ललितपुर – पञ्चकन्या ग्रुपले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आफ्नो ५१ औं वार्षिकोत्सव मनाउने क्रममा कम्पनीले सोमबार ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।

कार्यक्रमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरु सहभागी भएको कम्पनीले जानकारी दिएको छ ।