बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार, साउन २२ २०८०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन तोलामा एक सयले घटेर प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा स्थिर रहेको छ ।