काठमाडौँ – ई–कमर्श प्लेटफर्म दराजले सपिङ अनुभवलाई सरल बनाउन एआई सन्चालित च्याटबट, ‘आस्क दराज’ लन्च गरेको छ । ओपन एआइएको च्याटजिपिटी द्वारा संचालित आस्क दराजले प्रयोगकर्ताहरूलाई च्याटबटसँग छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउँछ । साथै आस्कदराजले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्ने बताईएको छ ।
यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरुलाई प्रस्ट पार्नेछ।दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरूले पनि आस्कदराज बाट लाभ उठाउन सक्छन् । आस्कदराजले सामानको दृश्यता बढाउन र नयाँ दर्शकहरूमाझ पहुँच पुर्याउन गर्न मद्दत गर्दछ । यस्तै प्रयोगकर्ता अन्तरक्रियाको संख्या बढ्दै जाँदा दराजले एआईलाई अप्टिमाइज गरिरहने जानकारी दिएको छ ।
दराजका प्रमुख कार्यकारी अधिकृत बि.आर.के मिकेलसेनले कम्पनीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरिहेको जानकारी दिए । आस्क दराजले थप प्रयोगकर्ताहरूलाई कम्पनीसँग नजिक बनाउने उनको भनाई छ । यस सेवाको क्षमता मार्फत दक्षिण एसियामा रिटेल क्षेत्रलाई रूपान्तरण गर्ने दराजको महायात्रा रहेको उनले बताए । दराजले हाल ३० मिलियन ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गर्दै आएको जनाएको छ । यसले एप भित्रको एकीकृत ’डिस्कभर’ सुविधा मार्फत नयाँ ग्राहक सेगमेन्टलाई पनि ट्याप गर्ने लक्ष्य राखेको बताईएको छ। दराज नेपालले ईलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टहरुको अनलाइन व्यापार गर्ने गरेको छ ।