बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

घट्यो सुनचाँदीको भाउ, कतिमा झर्‍याे आज ?

बुधबार, साउन १७ २०८०

काठमाडौ‌। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

यसअघि प्रतितोला १ लाख १३ हजार रुपैयाँ रहेको छापावाल सुनको मुल्य आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ । भने १ लाख १२ हजार ४ सय ५० रुपैयाँ रहेको तेजावी सुन आज १ लाख ११ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय ६० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।