शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अवैध लागूऔषधसहित तीन जना पक्राउ

मंगलबार, साउन १६ २०८०

काठमाडौं – मोरङको बिराटनगर महानगरापलिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–१२ बस्ने ४० वर्षीय दिपक घिसिङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका–१० बस्ने २३ वर्षीय बेद चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित ईलाम सूर्योदय नगरपालिका–११ बस्ने २६ वर्षीय किरण राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।