झापा – कनकाई नगरपालिका–४ त्रिवेणी चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीले मे.३ प ७०७९ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय शम्भु लिम्बुको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गर्नुको साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।