बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गायक सुरेश लामाको ‘याद आयो’ सार्वजनिक

शुक्रबार, साउन १२ २०८०

काठमाण्डौं –  गायक सुरेश लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘याद आयो’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा गायक लामालाई स्मृति तामाङले साथ दिएकी छन् । सुरेश लामाको शब्द तथा संगीत तथा दिक्षित पौडेलले संयोजन गरेका हुन् ।

गीतको भिडियोमा सुशिल डाँगी र संगीता पाख्रिनको अभिनय छ । जेनिथ शर्माले निर्देशन गरेको गीतको भिडियोलाई निरञ्जन केसीले सम्पादन गरेका हुन् ।