काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक क्वीन्टल सुन तस्करी प्रकरणमा गोदामा छापा मार्न १० दिन किन लगाइयो भन्दै प्रश्न गरेका छन् ।
सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको समेत संलग्नताको आशंका गरेको एमालेका महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रश्न गरेका हुन् ।
‘कम्पनी दर्ता नै जालसाजीपूर्ण रहेको तथ्य सार्वजनिक भएको स्थितिमा गोदाममा छापामार्न दस दिनको समय किन लगाइयो भन्नेको प्रश्नको घेरामा अनुसन्धान प्रकृया अवश्य परेको छ ।’ उनले भनेका छन् ।
उनले लेखेका छन्, ‘१० दिन पछि सुन तस्करी गर्ने मजदुरका नाममा दर्ता भएको कम्पनीको गोदाममा छापा मार्दा फेला परेको व्रेक सु मा सुन फेला पर्ने कुनै सम्भावना रहदैन होला । तर व्रेक सु को भिडियो फुटेज र तौल समेतका आधारमा कति सुन तस्करी भएको रहेछ भन्ने अनुमान भने गर्न सकिन्छ होला ।’
हेर्नुहोस् उनको स्टाटस