शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी पदाधिकारी बैठक : केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल

बुधबार, साउन १० २०८०

काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ ।

यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले  जानकारी दिए । पदाधिकारी बैठकमा भएका छलफलका विषयमा बुधबार अपरान्ह फेरि शीर्षनेताहरुको बैठक फेरि छलफल गर्ने उनले बताए  ।