शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवाले बोलाए पदाधिकारी बैठक

मंगलबार, साउन ९ २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा जारी छ । निर्णयको तयारीका लागि आज एक दिन केन्द्रीय समिति बैठक रोकिएको छ । बुधबार अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्दैछ।

सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका हुन्। विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ ।