शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बागलुङ भिमगिठेका वरिष्ठ सई पौडेल मृत भेटिए

मंगलबार, साउन ९ २०८०

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा मृत फेला परेका हुन् ।

बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनी गएराति साढे १२ बजे पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।

होटलको तल्लो तलामा पासो लगाएर झुण्डिएको र होटल सञ्चालकको छोराले देखेर खबर गरेको उनले बताइन् । प्रहरीले अनुसन्धानका लागि होटल सञ्चालकलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।