न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिका २०२३ को ताज जुबली शेर्पाले पहिरिन सफल भएकी छन्।
अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगितामा आफ्ना १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् ।
प्रतियोगिताको फस्ट रनरअप रजिला बास्तोला र सेकेण्ड रनरअप ईशा सुवेदीले हात पार्न सफल भए । ड्रिम्स युनिभर्सले आयोजना गरेको यो प्रतियोगितामा अमेरिका र क्यानडामा रहेका नेपाली मुलका १८ जना प्रतिस्पर्धी सहभागी थिए ।
११ जनाको निर्णायक टिमले उत्कृष्ट पाँच हुँदै विजेता घोषणा गरिएको थियो । मिस नेपाल नर्थ अमेरिका २०२३ का विजेताले मिस नेपाल २४ प्रतियोगितामा सिधा प्रवेश पाउने छन् । प्रतियोगिताको निर्णायक मण्डलकी सदस्य तथा मिस नेपाल अमेरिकाका संस्थापक अध्यक्ष दिवाकर राजकर्णिकारले सो घोषणा गर्नुभएको हो । अमेरिकामा नेपाली कला ,सस्कृतिको प्रवद्र्धनका लागि सन् २०१८ देखि मिस नेपाल नर्थ अमेरिका आयोजना हुँदै आएको छ ।