शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नुपर्छः कमल थापा

आइतबार, साउन ७ २०८०

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एअर फोर्स बनाउनु पर्नेमा जोड गरेका छन् ।

नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले एअर फोर्स खडा गर्नु पर्ने नयाँ सुझाव दिएका हुन ।

‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, नेपाली एयरफोर्स खडा गर्नुपर्छ,’ उनले भनेका छन, ‘शान्ति सेना, राष्ट्र निर्माण र विपद न्युनिकरणको काममा सेनाको प्रयोग बढाउनु पर्छ ।’