शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जुत्ता र गार्मेन्टको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा

शुक्रबार, साउन ५ २०८०

काठमाडौं – सशस्त्र प्रहरी र राजश्व अनुुसन्धान कार्यालयको संयुक्त टोलीले करीब १ करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेन्टको सामानसहितको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुसन्धान कार्यालय ईटहरीले ना ५ ख ४३१ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो ।

यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते बिओपी श्रीपुर र राजश्व अनुसन्धान कार्यालयले जुत्ता र गार्मेन्टको सामानसहितको ना ३ ख ४५७९ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा मोरङबाट काठमाण्डौंतर्फ आउदै गरेको उल्लेखित ट्रकहरुमा जाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको जुत्ता र गार्मेन्टको सामानसहित दुई वटै ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।