शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएपछि सिनामंगलमा समातियो करिव १०० केजी सुन

बिहिबार, साउन ४ २०८०

काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार गराएर बाहिर लगिसकिएको झण्डै १०० केजी सुन बरामद गरेको छ । एकैपटक यति ठूलो परिमाणमा सून बरामद गरिएको यो पहिलोपटक हो ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए। उहाँका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

राजश्व अनुसन्धान विभागले उक्त परिणामको सुन बुधबार बरामद गरेको हो । विशेष सूचनाका आधारमा ८० देखि १०० केजी हाराहारीको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

राजश्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर उक्त परिणामको सुन बरामद गरिएको हो । यद्यपि, सुनको तौल भने लिइनसकिएको ढुंगानाले जानकारी दिए । तर, ८० देखि १०० केजी हाराहारीमा सुन हुनसक्ने उनको भनाइ छ ।

यो विमानस्थलबाट अवैध रूपमा ल्याइँदै गर्दा बरामद भएको हालसम्मकै ठूलो परिणामको सुन भएको बताइएको छ । विभिन्न सामानमा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद भएको हो ।

थप अनुसन्धान जारी रहेकाले आजसम्ममा धेरै कुराहरु खुल्ने पनि उनले बताए । उक्त सुन हङकङबाट ल्याइएको र भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।